Redirecting...

टी-२० विश्वकपमा नेपालको सान्त्वना जित‚ स्कटल्यान्ड ७ विकेटले पराजित - nepalnews.com

टी-२० विश्वकपमा नेपालको सान्त्वना जित‚ स्कटल्यान्ड ७ विकेटले पराजित - nepalnews.com
Source: NPNW

काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले सान्त्वना जित हात पारेको छ। लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले चौथो खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्‍यो। साथै टी-२० विश्वकपमा नेपालको यो जित १२ वर्षपछिको पहिलो हो। जितसँगै नेपालले विश्वकप यात्रा पनि टुंग्याएको छ । यो खेलअगावै दुवै टिम समूह चरणबाट बाहिरिसकेका थिए । यसअघि इंग्ल्यान्ड‚ इटली र वेस्ट इन्डिजसँग नेपाल पराजित भएको थियो । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो। नेपालले ४ बल बाँकी छँदै स्कटल्यान्डले दिएको लक्ष्य पूरा गरेको हो। स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे। उनले ४५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७१ रनको योगदान दिएका थिए। यो पनि… कुशल र दीपेन्द्र चम्किँदा नेपाललाई १२ वर्षपछि जित त्यस्तै जर्ज मुन्सेले २७ र ब्रान्डन म्याकमुलेनले २५ रन जोडे। बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट लिए। त्यस्तै रोहित पौडेल र कुशल भुर्तेलले समान एक/एक विकेट झारे। आसिफ सेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए। भुर्तेलले ४३ र आसिफले ३३ रन जोडे । दीपेन्द्रसिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै अविजित ५० रनको योगदान गरे।