Redirecting...

सातै पहाडी जिल्ला अवलोकनपछि ‘पहाडको वास्तविकता बुझ्न मद्दत भयो’, मुख्यमन्त्री शाह - www.nepaliheadline.com

सातै पहाडी जिल्ला अवलोकनपछि ‘पहाडको वास्तविकता बुझ्न मद्दत भयो’, मुख्यमन्त्री शाह - www.nepaliheadline.com
Source: nplh

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सातै पहाडी जिल्लाको स्थलगत अवलोकनपछि ‘पहाडको वास्तविक अवस्था नजिकबाट बुझ्न मद्दत भएको’ बताए। नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको ‘प्रेस युनियनकर्मीहरूसँग मुख्यमन्त्री’ कार्यक्रममा उनले दुर्गम क्षेत्रमा रहेका चुनौती, विकासको आवश्यकता र जनताको अपेक्षा प्रत्यक्ष रूपमा महसुस गर्न आफू गाउँगाउँ पुगेको स्पष्ट पारे। मुख्यमन्त्री शाहले पहाडी क्षेत्रका बस्तीहरू अहिले सडक सञ्जालले जोडिन थालेको बताउदै प्रदेश सरकारको लगानीले स्थानीय स्तरमा विश्वसनीयता बढाएको बताए । “अहिले पहाडी बस्तीसम्म सडक सञ्जाल पुगिसकेको छ। प्रदेश सरकारको लगानीमा गाउँगाउँमा सडक पुगेका छन्, जनता प्रदेश सरकारप्रति आशावादी छन्,” उनले बताए। प्रदेश संरचनाबारे केही भ्रम फैलिएको उल्लेख गर्दै शाहले लोकतन्त्रको संरक्षणमा पत्रकारिताको भूमिकालाई अत्यन्त संवेदनशील र महत्वपूर्ण बताउँदै जिम्मेवारीपूर्वक अगाडि बढ्न आग्रह गरे। मुख्यमन्त्री शाहले भने, “सञ्चार क्षेत्रमा कसरी सुधार र सबलीकरण गर्ने भन्ने कुरा पत्रकारकै नेतृत्वमा अघि बढेको राम्रो हुन्छ, सरकार सहयोग गर्न तयार छ।” कार्यक्रममा शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका केही विवादित विषयमा सरकार गम्भीर रहेको र नीतिगत सुधार अघि बढाइएको समेत दिए। “वन क्षेत्रको नीतिगत सुधारका लागि काम थालेको छु, मेरो नेतृत्वमै सुधार अघि बढ्छ,” शाहले स्पष्ट रूपमा प्रष्ट पारे । पहाडी क्षेत्रमा देखिएका पूर्वाधार, जनसेवा र विकाससम्बन्धी आवश्यकता आगामी नीतिगत निर्णय तथा सरकारी प्राथमिकतामा परिलक्षित हुने बताउदै मुख्यमन्त्री शाहले प्रदेश सरकारको भूमिकामाथि बढ्दो जनविश्वास र कार्यसम्पादनमाथिको अपेक्षा अब कार्यान्वयनमार्फत पुष्टि हुने विश्वास ब्यक्त गरे । कैलाली जिल्ला शाखाका अध्यक्ष सिताराम ओझाको सभापतित्वमा भएको कार्यक्रममा प्रेस युनियन सुदुरपश्चिमका अध्यक्ष मनमोहन स्वार, पत्रकार महासंघका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष लगायत युनियनकर्मी पत्रकारहरुको सहभागिता रहेको थियो ।