अण्डाको लागत मूल्य बढ्यो - farakdhar.com
Source: FRDH
अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरूको समिति बनाई निकालेको लागत मूल्य अनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो । लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार अहिले निकालिएको एउटा अण्डाको लागत मूल्य १९.१२ पर्न आउँछ । विगतमा लागत मूल्य १६.५६ रहेको थियो । तीन वर्ष अघि सरकारी र निजी क्षेत्रका भेटेरिनरियन चिकित्सकहरूले लागत मूल्य निकालेका थिए । डा. दाहालका अनुसार दश हजार ल...