Redirecting...

एनपीएल २ मा कसले जित्ला कार? यी हुन सक्छन् तीन दाबेदार - www.bbc.com

एनपीएल २ मा कसले जित्ला कार? यी हुन सक्छन् तीन दाबेदार - www.bbc.com
Source: bbcn

नेपाल प्रिमिअर लीग (एनपीएल)मा सर्वोत्कृष्ट नेपाली खेलाडीलाई दिइने पुरस्कारका रूपमा रहेको कारको बजारमूल्य झन्डै ६२ लाख रुपैयाँ भनिएको छ। यो नेपाली खेलकुदमा प्रदान गरिने हालसम्मकै ठूलो व्यक्तिगत पुरस्कार मानिन्छ।विगत हेर्दा नेपाली खेलकुदमा शहीद स्मारक 'ए' डिभिजन फुटबल लीगका सर्वोकृष्ट खेलाडीलाई २८ लाख रुपैयाँबराबरको कार प्रदान गरिएको थियो।व्यक्तिगत रूपमा पारातेक्वान्दो खेलाडी पलेसा गोवर्धन र उसु खेलाडी विजय सिन्जालीले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। एनपीएल-२ मा क्यानको आम्दानी र खर्च कति 'फ्लडलाइट'को उज्यालो रङ्गशालामा क्रिकेट हुनुका पाँच अर्थ तर त्यो खेलकै पुरस्कार नभई पदकबापत नेपाल सरकारले घोषणा गरेको पुरस्कार थियो।गत बिहीवार मात्र नेपाली बक्सिङ खेलाडी चन्द्रबहादुर थापाले यूएईमा भएको विश्व बक्सिङ च्याम्पिअनशिपमा कांस्य पदक जितेर ७५ हजार अमेरिकी डलर अर्थात् १ करोड ८ लाख रुपैयाँ बराबरको रकम प्राप्त गरेका छन्। त्यसमा पुरस्कारको निश्चित प्रतिशत सङ्घ र प्रशिक्षकलाई पनि जाने भनिएको छ।यद्यपि यो पुरस्कार पनि नेपालभित्रको नभई अन्तर्राष्ट्रिय पुरस्कार हो। त्यस अर्थमा एनपीएलको कार नै नेपालभित्र प्रदान गरिने ठूलो रकमको पुरस्कार हुने देखिन्छ।यसपालि कसको दाबी पुग्छ ?विराटनगर किङ्ग्सका कप्तान सन्दीप लामिछाने त्यसका एक प्रबल दाबेदार थिए। तर फाइनल पुग्न नसकेपछि उनको सम्भावना एकाएक क्षीण हुन पुगेको देखिन्छ। उत्कृष्ट खेलाडी बन्न आफ्नो टीमलाई कम्तीमा फाइनलसम्म त पुर्‍याउन सक्नुपर्ने मानिने गर्छ।यसैले यति चाहिँ पक्का छ कि फाइनलमा पुगेका दुई टोली सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सका टीममध्येबाट नै एक खेलाडी सर्वोकृष्ट खेलाडी हुने छन्।यसमा सुदूरपश्चिमका ओपनर विनोद भण्डारी र कप्तान दीपेन्द्रसिंह ऐरीको नाम चर्चामा छ भने लुम्बिनी लायन्सबाट कप्तान रोहित पौडेलको नाम अगाडि देखिन्छ।उनीहरूको प्रदर्शनलाई नियालौँ।१. विनोद भण्डारी (सुदूरपश्चिम रोयल्स) BBC फाइनल खेल्नुअगाडि विनोद भण्डारी धेरै रन जोड्नेमध्ये समग्रमा दोस्रो स्थानमा छन् राष्ट्रिय टीममा नअटाएका चर्चित खेलाडी विनोद भण्डारीले पहिलो सिजनमा झैँ यसपालि पनि लोभलाग्दो प्रदर्शन गरेका छन्। विकेटकीपर ब्याटर उनले ओपनिङलाई धैर्यपूर्वक टीम सम्हालेकै कारण धेरै खेलमा सुदूरपश्चिमको जित सहज भएको थियो।फाइनल खेल्नुअगाडि उनी धेरै रन जोड्नेमध्ये समग्रमा दोस्रो र नेपाली खेलाडीमा शीर्ष स्थानमा छन्। उनले २६४ रन बनाएका छन् र समग्रमा एनपीएलमा ५०० रन बनाउनबाट उनी मात्र १ रनले टाढा छन्। 'एनपीएल'मा 'बजेटको वर्षा', एउटा टोलीको खर्च कतिकिन विश्वभरि छन् नेपाली क्रिकेटका समर्थक यस क्रममा विनोदले पोखराविरुद्ध अविजित ६९ रन तथा विराटनगरविरुद्ध ६३ रनको दुई अर्धशतक प्रहार गरे। उनको स्ट्राइक रेट १११.३९ छ भने आठ खेल खेल्ने क्रममा उनले २३ चौका र आठ छक्का प्रहार गरेका छन्।विकेटपीपिङमा पनि उत्तिकै चनाखो विनोदले फाइनलमा एक पटक फेरि ब्याटिङ्‌मार्फत् टीमलाई च्याम्पिअन बनाउन सके उनी सर्वोकृष्ट खेलाडी बन्ने बाटोमा बलियो दरिन सक्छन्।२. दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स) BBC दीपेन्द्रसिंह ऐरीले ब्याटिङ, बलिङ र फील्डिङ तीन वटै क्षेत्रमा आशा गरिएजसरी नतिजा दिन सकिरहेका छन् 'मार्की' खेलाडी तथा कप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिमका 'मुटु' हुन्।उनले ब्याटिङ, बलिङ र फील्डिङ गरी तीनवटै क्षेत्रमा आशा गरिएजसरी नतिजा दिइरहेको देखिन्छ।कप्तानका रूपमा फुर्तिला देखिने उनले मैदानभित्रका सहकर्मीलाई बल दिएको देखिन्छ भने विकेट लिएपछि गर्ने 'सेलिब्रेशन' ले प्यारापेटका दर्शकलाई मनोरञ्जन थपिदिएको छ।उनले कुल १५४ रन जोडेका छन्। उनको स्ट्राइक रेट १४४.६६ छ। मध्यक्रममा आएर खेल नियन्त्रण गर्न सिपालु उनले यस क्रममा पाँच चौका र आठ छक्का प्रहार गरिसके।बलिङमा पनि उनले आठ खेलमा आठै विकेट लिइसके। विपक्षीका मुख्य खेलाडीहरू उनको सिकार बनेका छन्। उनको बलिङ ईकोनमी रेट ८.८१ छ।रनआउटको मामिलामा सर्वोकृष्ट उनले कुल १० क्याच लिइसके भने जारी प्रतियोगिताको सर्वाधिक क्याच लिने सूचीमा दोस्रो नम्बरमा छन्।उनी गत वर्ष पनि सर्वोकृष्ट खेलाडी बनेका थिए। शनिवारको फाइनलमा उनको प्रदर्शन निर्णायक भएमा उनी लगातार दुई वर्ष सर्वोकृष्ट खेलाडी बन्न सक्छन्।३. रोहित पौडेल (लुम्बिनी लायन्स) BBC जारी एनपीएलमा रोहित पौडेलको कप्तानी र उनले बनाएका रनहरू निकै महत्त्वपूर्ण बनेका छन् लुम्बिनी लायन्सका 'मार्की' तथा कप्तान रोहित पौडेलले ठूला इनिङ्स खेलेका छैनन्। तर जारी एनपीएलमा उनको कप्तानी र उनले बनाएको रन निकै महत्त्वपूर्ण बनेको छ।लगातार तीन हारका बाबजुद टोलीलाई सम्हाल्दै लगातार पाँच खेल जित्दै फाइनलको यात्रा तय गर्नु साँच्चै नै साहसिक देखिएको छ। यस क्रममा उनले आफ्नो नेतृत्व क्षमता देखाएकै हुन्।नौ खेल खेल्ने क्रममा उनले उनले २६० रन बनाइसकेका छन् र यो समग्रमा तेस्रो तथा नेपाली खेलाडीको हकमा दोस्रो उच्च स्कोर हो।यस क्रममा रोहितले बनाएको उच्च रन ४९ हो। जम्मा १६ चौका र आठ छक्का प्रहार गरेका उनको स्ट्राइक रेट ९८.११ रहेको छ।यदि फाइनलमा लुम्बिनी लायन्सले जित्छ भने कप्तान रोहित सर्वोकृष्ट खेलाडीको प्रबल दाबेदार हुने छन्।मोटरसाइकल कसलाई ?एनपीएलमा सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने र उदाउँदा खेलाडीलाई एकएक थान मोटरसाइकल पुरस्कारको व्यवस्था छ।फाइनलमा अहम् प्रदर्शन गरेमा सुदूरपश्चिम रोयल्सकै अविनाश बोहरा पनि कारको दाबेदार हुने सम्भावना छ। तर अविनाश र सन्दीपबिच भने सर्वाधिक विकेटको दौडमा प्रतिस्पर्धा हुने छ।सन्दीपले प्रतियोगिताको सर्वाधिक १७ विकेट लिँदा अविनाशको विकेट सङ्ख्या १६ छ। अविनाशलाई एक खेल खेल्ने अझै मौका छ।सर्वाधिक रनकर्तामा पनि रोहित पौडेल र विनोद भण्डारीबीच नै प्रतिस्पर्धा हुने पक्का छ। यी दुईबाहेक शीर्ष रनकर्तामा बसिर अहमद नवौँ स्थानमा छन्। उनले १९१ रन बनाएका छन्। प्रतिद्वन्द्वी विनोद भण्डारीभन्दा रोहित सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा ४ रनले मात्र पछि छन्।अब 'इमर्जिङ प्लेअर'मा भने शेर मल्लको सम्भावना अत्यधिक देखिन्छ। जारी प्रतियोगितामा अपत्यारिलो प्रदर्शन गरेका उनलाई चुनौती दिने अन्य खेलाडीको प्रदर्शन त्यति देखिँदैन।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।