निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने हर्क साम्पाङकाे दाबी - farakdhar.com
Source: FRDH
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले त्यो सरकारको नेतृत्व आफूले गर्ने जिकिर गरे । धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहेका अध्यक्ष साम्पाङले स्पष्ट दृष्टिकोण भएका नेताहरूबाट मात्र देश विकास हुने भन्दै आफूहरू देश विकासका खाकासहित अगाडि बढेको बताए । ‘नेताहरूले पटक–पटक एउटै समस्याको समाधा...