प्रि ओपन सेसनमा झिनो अंक घट्यो नेप्से - arthasanjal.com
Source: sanj
काठमाडाैं। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ। यस दिन सो सेसनमा ०.०३ अंक घटेर २६०९.६६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक बढेको छ। सोमबार प्रि ओपन सेसनमा ५२ स्टकको ८२ पटकको कारोबारमा ७७ लाख ९० हजार १८४ रुपैयाँ २० पैसाबराबरको २१ हजार ४८० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।