कविता : सोफी, आज तिमीलाई सम्झें ! - sahityapost.com
सोफीमेरो झ्यालबाट छिर्न बिर्सेकोघामको एक चोक्टा उज्यालो नदेख्दामैले आज तिमीलाई सम्झेंमाथि आकाश खाली थियोताराहरू सम्झें । आज बादलबलेँसीमा आएर धेरै बेरसम्म रोयोलुगा सुकाउने तारमाएक्लै बसेरगौथलीले आफैँलाई ठुङ्गिरह्यो । भुइँभरि छरपष्ट थिएपारिजातका सेता फूलहरू ।तिम्रो यादमेरो ढोकामै उभिएरके–के गनगनाइरह्योम थिएँ मौनसालिक जस्तै । म सम्झन्छुएक दिन तिम्रो यादलट्ठ मातेरमेरो कोठाभित्र पस्योर मसित झगडा गर्न थाल्यो । अर्को दिन तिम्रो यादमेरो झ्यालबाट हाम फालेरमेरो बेडमा खस्योर मलाईबेसरी चिथोर्न थाल्यो । माफ गर सोफीम तिम्रो जीवनकथामामीठो अक्षर भएरकोरिन सकिनँन तिमीमेरो जीवनको चित्रमासुन्दर रेखा भएरउभिन सक्यौ । खै, के मिलेनके मिलेन जिन्दगीमा !हुन सक्छहामी छुटिनलाई नै भेटेका थियौँक्यारर नै छुट्टियौँ । मैले देखेको छुउर्बर माटोमा पनिआँसु उम्रिएकोनिर्जीव चट्टानमाखुसी फुलेको । तात्पर्ययहाँसम्भवहरू पनिअसम्भव हुन्छन्असम्भवहरूसम्भव । यद्यपिजिन्दगीकुनै लिखित दस्तावेज रहेनछन तनियोजित यात्रामाहिँड्दो रहेछ। जीवन तहिँड्दै जाँदालेखिँदै जाने कथा रहेछबग्दै जाँदाभोग्दै जानेखोला रहेछ । हामी पनि तकुनै दिनसुनकोशी बग्दै थियौँएकैसाथ तर बग्दै–बग्दैएक दिनतिमी अरुण भएर उछिट्टियौम तमोर भएर छुट्टिएँ । त्यसपछिराइफलको नोजलबाटनिस्केको गोली जस्तैफर्केरकहिल्यै पछि हेरेनौँ । जे होस्,यादहरूको विशाल पोखरीमा पनिनाच्दा रहेछन्कहीँ–कहीँदिल झस्काउने तरङ्गहरू । जस्तोमेरो झ्यालबाट छिर्न बिर्सेकोघामको एक चोक्टा उज्यालो नदेख्दामैले आज तिमीलाई सम्झेंमाथि आकाश खाली थियोताराहरू सम्झें ।