नाइमा मोबिलिटी एक्स्पोमा याडिया भेलाक्स सार्वजनिक, कति पर्छ मूल्य ? - corporatekhabar.com
काठमाडौं । आजदेखि भृकुटीमण्डपमा सुरू भएको नेपाल नाइमा मोबिलिटी एक्स्पोमा इलेक्ट्रिक स्कुटर याडिया भेलाक्स सार्वजनिक गरिएको छ । कुजु नेपालले भित्र्याएको शक्तिशाली, स्मार्ट र भरपर्दो इलेक्ट्रिक स्कुटरहरू आज सार्वजनिक गरिएको हो । याडिया विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे सवारी ब्राण्ड भएको कुजु नेपालले बताएको छ । कुजुले भेलाक्स यू (अल्ट्रा पर्फमेन्स), भेलाक्स फास्ट चार्जिङ (२० मिनेटमै फुल चार्ज हुने) र भेलाक्स एच (हाइ पर्फमेन्स) स्कुटर आज सार्वजनिक गरेको हो । जस अन्तर्गत क्रमश: ८० किलोमिटर, ११० किलोमिटर र १०० किलोमिटर रेञ्ज दिने बताइएको छ । दैनिक प्रयोगका लागि डिजाइन गरिएको भेलाक्स एच (हाइ पर्फमेन्स) स्कुटर मोडेल ३.२ किलोवाट मोटर र ७२ भोल्ट ३० आवर ब्याट्रीसहितको यो स्कुटरले १०० किलोमिटरको रेञ्ज दिन्छ । यी स्कुटरहरूको मूल्य दुई लाख ८५ हजारदेखि सुरू हुने कम्पनीले जनाएको छ । २६ तस्बिरमा हेर्नुहोस् नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिन The post नाइमा मोबिलिटी एक्स्पोमा याडिया भेलाक्स सार्वजनिक, कति पर्छ मूल्य ? appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.