Redirecting...

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु - www.nepaliheadline.com

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु - www.nepaliheadline.com
Source: nplh

काठमाडौं- महोत्तरी बलवा नगरपालिका-५ स्थित सडकमा पडौलबाट बलवातर्फ जाँदै गरेको म.प्र.-०३-०२-०२५ प ९९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने २८ वर्षीय सुरेन्द्र झा को मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ललितपुर ललितपुर महानगरपालिका-१५ खुमलटार कृषि गेट अगाडि सडकमा बा.प्र.०१-००४ क ०९९६ नम्बरको बसले बा.प्र.०२-०५८ प २३८८ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक गोदावरी नगरपालिका-१४ ठैब बस्ने ३० वर्षीय रोहित श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की पोखरा महानगरपालिका-२९ आदर्श चोकमा पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग.२१ प १५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार तनहुँ भिमाद नगरपालिका-६ बस्ने २४ वर्षीया किरण रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालामा उपचार भइरहेको छ । बागलुङ ढोरपाटन नगरपालिका-९ च्वाहाभिरस्थित सडकमा बुर्तिबाङ देखि ढोरपाटनतर्फ जाँदै गरेको ग.३ च ३८१९ नम्बरको जिप शुक्रबार राति दुर्घटना हुँदा जिपमा सवार ढोरपाटन नगरपालिका-७ बस्ने २४ वर्षीय राजिन अदैको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बुर्तिबाङ अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लमजुङ मर्स्याङदी गाउँपालिका-६ नाईचेस्थित सडकमा खुदीबाट नाईचेतर्फ आउँदै गरेको बा.८ च ३७३१ नम्बरको बोलेरो जिप अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक दोलखा मेलुङ गाउँपालिका-४ बस्ने ३० वर्षीय बिनोद खड्का र जिपमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय पारस खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रदेश अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो । बर्दिया राजापुर नगरपालिका-१० जोगीपुरस्थित सडकमा राजापुरदेखि गुलरियातर्फ जाँदै गरेको लु.प्र.०३-००१ प ४१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार गुलरीया नगरपालिका-७ बस्ने ३० वर्षीय विकास यादवको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि नर्सिङहोम नेपालगंज रिफर गरिएको छ । कञ्चनपुर बेदकोट नगरपालिका-८ स्थित सडकमा अनटेष्ट लेखिएको मिक्चर मेसिन र म.२ प ८४०२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-७ सुडा बस्ने ३१ वर्षीय शिव रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मिक्चर मेसिन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इटहरी उपमहानगरपालिका-१ सोल्टी होटल अगाडि सडकमा को.१३ प १०७५ नम्बरको स्कुटर र प्रदेश १ ०२-०२ च ५३३० नम्बरको मिनि ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटरमा सवार इटहरी उपमहानगरपालिका-९ बस्ने ४० वर्षीया बिष्णु कुमारी भट्टराई (उपाध्यय)को मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषा धनुषाधाम नगरपालिका-९ धारापानीस्थित सडकमा बर्दिवासतर्फ जाँदै गरेको प्र.३-०१-०२२ च ६७२३ नम्बरको कार अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा कारमा सवार नवलपरासी पूर्व देवचुली नगरपालिका-१ बस्ने २० वर्षीय सुजित यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।