कालोसूची प्रावधानमा रिभ्यू गर्दैछौं : गभर्नर पौडेल - arthasanjal.com
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कालोसूचीका प्रावधानमा अध्ययन गरेर रिभ्यू थालेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको वार्षिकोत्सव समारोहमा बोल्दै उनले मुलुकमा लगानी नबढ्नुको एउटा कारण कालोसूची समेत भएकाले यसमा रिभ्यू गर्नेगरी प्रक्रिया अघि बढाएको जानकारी दिए । उनकाअनुसार तरलता अहिले व्यप्त छ । यसलाई घटाउन राष्ट्र बैंकले मौद्रिक नीतिलाई लचिलो समेत बनाएको छ । आगामी दिनमा लगानी बढ्दै जाने उनले बताए । ‘कालोसूचीका बारेमा अहिले रिभ्यू पनि गर्दैछौँ । मौद्रिक नीतिमा पनि आएको छ । एउटा सबैमा चासो पनि छ । जति हामीले अपेक्षा गरेका थियौँ, मुलुकमा लगानीको ग्रोथ हुन सकिरहेको छैन । तरलता धेरै छ । क्रेडिट ग्रोथ नहुनेको कारण धेरै हुन सक्छ । त्यसआधारमा एउटा कारक धरै मान्छेहरू कालोसूचीमा परेका छन् । डेढलाख ऋणीलाई अहिले कालोसूचीमा राखेका छौं ।’ गभर्नर पौडेलले निर्माण क्षेत्रमा ग्रुपमा गरिएको लगानीमा एक जनाले नराम्रो गरे सबै कालोसूचीमा पर्ने समस्यालाई समेत हटाइने बताए ।