‘२०८३ मंसिरसम्ममा नेपाल विकासशील राष्ट्र बन्छ’ - www.sutranews.com
Source: sutr
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २०८३ मंसिरसम्ममा नेपाललाई विकासशील राष्ट्र बनाउने दाबी गरेका छन् । बागमती प्रदेश पूर्णखोप घोषणा तथा बागमती डिजिटल हेल्थ शुभारम्भ कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले २०८३ मंसिरसम्ममा नेपाललाई विकासशील राष्ट्र बनाउने गरी काम गरेको दाबी गरेका हुन् । ‘हामी आउँदो होइन अर्को मंसिरमा अल्पविकसितबाट विकास गरिरहेको, विकासशील राष्ट्रमा परिणत हुनेछ । ८३ मंसिरमा विकासशील राष्ट्र बन्छ,’ प्रधानमन्त्री ओलीले भने । नेपाललाई समृद्ध आधुनिक देश बनाउने गरी अघि बढेको बताउँदै उनले जनतालाई खुसी बनाउने गरी काम गरेको दाबी गरे । प्रधानमन्त्री ओलीले भने, ‘नेपाललाई सुशासन र स्वच्छताको देश बनाउन चाहन्छौँ । यहाँको जनतालाई सुखी बनाउन चाहन्छौँ ।’