एमाले महाधिवेशनः महिलाको प्रतिनिधित्व नाजुक, पद्मा मात्रै जितनजिक - kendrabindu.com
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले एकतर्फी रुपमा अग्रता बढाएका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार बुथ एकदेखि ४० सम्म ११३९ मत गणना हुँदा ओलीले ८४३ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको २९६ मत छ । उनीहरुबीच निकै ठूलो मतान्तर देखिन्छ । त्यस्तै, महासचिव पदमा शंकर पोखरेलले अग्रता कायमै राखेका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार पोखरेलले ६१३ मत पाउँदा सुरेन्द्र पाण्डेको ५२६ मत छ । अन्य पदाधिकारीको पनि टक्कर नै चलिरहेको छ । तर पदाधिकारी टिममा महिलाको प्रतिनिधित्व नाजुक हुने देखिएको छ । निर्वाचन परिणाम अनुसार महिलाबाट सचिव पदमा उठेकी पद्मा अर्यालबाहेक अरु कोही सेफ जोनमा छैनन् । १९ पदाधिकारीका लागि ४२ जनाले उम्मेदवारी दिएकोमा महिला ४ जना मात्रै थिए । उपाध्यक्षमा ईश्वर पोखरेलको प्यानलबाट बिन्दा पाण्डे, सचिवमा संस्थापन पक्षबाट पद्मा अर्याल र सचिवमै पोखरेल प्यानलबाट रचना खड्काले उम्मेदवारी दिएका हुन् । यस्तै पेम्बा लामा ‘स्वतन्त्र’ उम्मेदवार बनेकी थिइन् । उनीहरूमध्ये पाण्डे, खड्का र लामा प्रतिस्पर्धामा पछाडि परेका छन् । यस्तो छ मतपरिणामकाे अपडेट- अध्यक्ष (१) केपी शर्मा ओली : ८४३ ईश्वर पोखरेल : २९६उपाध्यक्ष (५) पृथ्वी सुव्बा गुरुङ : ९०० विष्णु प्रसाद पौडेल : ८४६ रामबहादुर थापा ‘बादल’ : ७७४ गोकर्ण राज विष्ट : ७१३ रघुजी पन्त : ६१७ गुरु प्रसाद बराल : ५८५ विन्दा पाण्डे : ४७४ पर्शुराम मेघी गुरुङ : ३३४ अरुण नेपाल : २२३ टंक प्रसाद कार्की : १८६ भीम प्रसाद आचार्य : १४३महासचिव (१) शंकर पोखरेल : ६१३ सुरेन्द्र प्रसाद पाण्डे : ५२६उपमहासचिव (३) लेखराज भट्ट : ७३४ योगेश भट्टराई : ७०९ रघुवीर महासेठ : ६८९ विष्णु प्रसाद रिमाल : ५४० आनन्द प्रसाद पोखरेल : ३३४ वैजनाथ चौधरी : २७१ राजेन्द्र प्रसाद गौतम : १४०सचिव (९) महेश बस्नेत : ७८३ पद्मा कुमारी अर्याल : ७७८ छविलाल विश्वकर्मा : ७६९ शेरधन राई : ७६७ खगराज अधिकारी : ६८० हिक्मत कुमार कार्की : ६७२ यमलाल कँडेल : ६२६ राजन भट्टराई : ५८१ भानुभक्त ढकाल : ५५२ गोकुल प्रसाद बास्कोटा : ५२८ ठाकुर प्रसाद गैरे : ४६२ रचना खड्का : ४५९ कर्णबहादुर थापा : ४४४ लाल बाबु पण्डित : ३९९ अग्नि प्रसाद खरेल : ३७७ विनोद प्रसाद ढकाल : ३५५ कृष्ण गोपाल श्रेष्ठ : ३२५ पेम्बा लामा : २५५ पुरुषोत्तम पौडेल : २३० इन्द्रलाल साप्कोटा : २०९