आईफोन १८ मा के के सुविधा अपेक्षा गर्न सकिन्छ? यस्तो छ एप्पलले योजना - www.technologykhabar.com
आईफोन १८ लन्च हुन अझै धेरै सयम बाँकी छ। तर आईफोन १८ को बारेमा लीक र अफवाहहरू पहिले देखि नै फैलिरहेका छन्। अर्को सिरिज सेप्टेम्बर २०२६ मा अपेक्षित भए पनि केही रिपोर्टहरूले स्ट्याण्डर्ड आईफोन १८ २०२७ को वसन्तमा अफवाह गरिएको आईफोन १८ई सँगै आउन सक्ने संकेत गरेका छन्। यद्यपि, एप्पलले आफ्नो सामान्य योजनामा अडिग रहेर बेस मोडेलसँगै आईफोन १८ प्रो र प्रो म्याक्स लन्च गर्नेछ वा लाइन विभाजित हुनेछ कि छैन भन्ने बारे अझै स्पष्ट नभएको उल्लेख गरिएको छ। बेस आईफोन १८ अन्ततः बाहिर आउँदा के कस्ता सुविधाहरू प्रदान गर्न सक्छ? कम्पनीले आईफोन १८ को लागि “अन्डर–डिस्प्ले थ्रीडी टेक्नोलोजी” परीक्षण गरिरहेको अफवाह रहेका छन्। अझ सुन्दर लुकको लागि पर्खाइमा रहेकालाई बेस आईफोन १८ पूर्ण रूपमा सार्थक हुन सक्ने बताइएको छ। साथै, आईफोन १८ सिरिज एप्पलको नयाँ ए२० चिपको साथ आउने भनिएको छ। सरल शब्दमा भन्नुपर्दा, डिभाइसले गति र दक्षता गरी दुई कुराको लागि वाचा गरेको बताइएको छ। प्रारम्भिक जानकारी अनुसार आईफोन १८ अब लगभग ३० प्रतिशत कम पावर प्रयोग गर्दै ए१९ भन्दा १५ प्रतिशत छिटो हुन सक्ने सम्भावना रहेको बताइएको छ। आईफोन १६ मा पहिलो पटक देखा परेको क्यामरा कन्ट्रोल बटन आईफोन १८ मा उपलब्ध नहुन सक्ने बताइएको छ। एप्पलले कम प्रयोगकर्ता संलग्नता र उच्च उत्पादन लागतलाई उद्धृत गर्दै क्यामरा कन्ट्रोल बटन हटाउने विचार गरिरहेको स्रोतहरूले सुझाव दिएका छन्। धेरै ध्यान आकर्षित गर्ने सुविधाहरू भए तापनि मानिसहरूले उक्त सुविधाहरू वास्तवमा प्रयोग नगरेसम्म सधैं टिक्न नस्कने उल्लेख गरिएको छ। आईफोन १८ को बेस मोडेलमा अन्ततः बाँकी मोडलको बराबर र्याम हुने अपेक्षा गरिएको छ। हाल, आईफोन १७ मा केवल ८ जीबी उपलब्ध भए तापनि आईफोन १८ ले पनि बेस र्याम लाई १२ जीबी सम्म बढाउन सक्ने रिपोर्टहरूले जानकारी दिएका छन्। आजको दिनमा ८ जीबी पक्कै पनि प्रशस्त भए तापनि एप्पलले एआई सुविधाहरूमा कडाइका साथ जोड दिँदै गर्दा बेस मोडेलले दबाब महसुस गर्न थाल्न सक्ने उल्लेख गरिएको छ। मुख्यतया आईफोन १७ ले पहिले नै आफ्नो नयाँ क्यामरा र सुधारिएको डिस्प्ले प्रविधिको साथ धेरै ठूलो कदम चालेको हुनाले समग्रमा, बेस आईफोन १८ ले सम्भवतः ठूलो परिवर्तन समावेश नगर्ने सम्भावनाको उल्लेख गरिएको छ। यद्यपि, आईफोन १८ मा ध्यान दिन लायक केही सुधारहरू आउनु पर्ने टेलिग्राफले रिपोर्ट गरेको छ। The post आईफोन १८ मा के के सुविधा अपेक्षा गर्न सकिन्छ? यस्तो छ एप्पलले योजना appeared first on Technology Khabar.