कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै - corporatekhabar.com
Source: cork
काठमाडौं । नेपाली कांग्रेसले बोलाएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ । काँग्रेसले सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । कांग्रेसका नेता एवं पुर्व शिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्ने लगायतका निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ । ९२ बर्षिय उपाध्यायको शनिबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । The post कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.