Redirecting...

कृषक उपकार साकोसद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४६ जना बिरामीहरूको उपचार - swadeshpost.com

कृषक उपकार साकोसद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४६ जना बिरामीहरूको उपचार - swadeshpost.com
Source: swdp

२७ मंसिर, माडी । २५औं बार्षिकोत्सवका अवसरमा माडीको कृषक उपकार बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४६ जनाले स्वास्थ्य सेवा लिएका छन् । सहकारीले रजत जयन्तीका अवसरमा माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा नारायणी सामुदायिक हस्पिटल भरतपुरमा कार्यरत विशेषज्ञ डाक्टरहरुले बिरामीहरुको स्वास्थ्य परीक्षण, परामर्श र उपचार सेवा दिएको सहकारीका व्यवस्थापक चुडामणि पैनीले जानकारी दिनुभयो । स्वास्थ्य शिविरसंगै सो सहकारीले बार्षिकोत्सवकै अवसरमा विद्यालयस्तरीय वक्तृत्वकला कार्यक्रम समेत सञ्चालन गरेको थियो । कार्यक्रममा जनजीवन मा.वि.का छात्रा सोनु रेग्मी प्रथम, माडी मा.वि.का छात्र सुरज परियार दोश्रो, जनकल्याण मा.वि.का छात्रा प्रमिशा पौडेल तेश्रो र जनजीवन मा.वि.का छात्रा जानुका प्रजाले सान्त्वना (चौथो) स्थान हासिल गर्नुभयो । वि.सं २०५७ सालमा, माडी-२, भैरवपुरमा स्थापना भएको यस सहकारी संस्थामा करीब ७ हजार जना शेयर सदस्य रहेका छन् । माडी क्षेत्रमै सबैभन्दा ठूलो वासलात (कारोबार) रहेको सो सहकारी संस्थाको भरतपुर टाइगर चोकमा एक र माडीमा ४ वटा सहित कुल ५ वटा सेवा केन्द्र रहेका छन् । (फोटो: बिष्णु सुवेदी)