ढकियाबाट चकियामा पुग्यो उन्मुक्ति पार्टी, थरुहट हेरेको हेर्यै - ekantipur.com
Source: kant
कैलालीको टीकापुर–४, मौरनियामा कान्तिपुर टिम पुग्दा ३४ वर्षीय सोमबहादुर चौधरी झन्डा छाप्ने मेसिन सफा गर्दै थिए । नागरिक उन्मुक्ति पार्टी नेपालको चुनाव चिह्न चकिया (जाँतो) अंकित झन्डा भर्खर छापिसकेका थिए । त्यसपछि नेकपाको झन्डा छाप्ने तयारीमा थिए । नागरिक उन्मुक्ति पार्टी रेशम चौधरीको हो भने नेकपा रञ्जिता श्रेष्ठ आबद्ध दल हो ।