अष्ट्रेलियाको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुग्यो - corporatekhabar.com
काठमाडौँ । अष्ट्रेलियाको बोन्डी बीचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १० वर्षीया बालिकासहित १५ पुगेको छ । सो घटनामा आक्रमणकारीमध्ये एक जनाको पनि मृत्यु भएको छ । प्रहरी आयुक्त माल लानियोनले आक्रमणकारीहरू बुबा र छोरा भएको बताएका छन् । जसमा बुबा ५० वर्षका छन् र छोरा २४ वर्षका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानेर मृत्यु भएको थियो । २४ वर्षीय पुरुषको अवस्था गम्भीर छ । घटनापछि घटनास्थलमा ड्युटीमा रहेका प्रहरी अधिकारीहरू सहित ४२ जनालाई अस्पताल लगिएको थियो । प्रहरीले ५० वर्षीय पुरुषसँग हतियारको लाइसेन्स रहेको बताएको छ । उनको नाममा छ वटा हतियार दर्ता गरिएको छ र बोन्डी बीचमा छ वटा हतियार बरामद गरिएको छ । घटनास्थलमा दुई विस्फोटक पदार्थ पनि फेला परेको छ, जसलाई प्रहरीले निष्क्रिय पारेको थियो । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भविष्यमा हुने आक्रमण रोक्न सबै आवश्यक स्रोतहरू तैनाथ गरिने बताएका छन् । उनले अष्ट्रेलियाली समाजबाट यहूदी विरोधी भावनालाई पूर्ण रूपमा उन्मूलन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । The post अष्ट्रेलियाको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुग्यो appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.