Redirecting...

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालविरूद्धको पुरानो फाइल झिकाउन आदेश - www.sutranews.com

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालविरूद्धको पुरानो फाइल झिकाउन आदेश - www.sutranews.com
Source: sutr

काठमाडौं । पतञ्जलि जग्गा सट्टापट्टा अनियमिततामा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सम्बन्धी मुद्दामा विशेष अदालतले पुराना फाइल र उजुरी झिकाउन आदेश दिएको छ। विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले २५ मंसिर २०६९ मा भएको निर्णय, त्यससँग सम्बन्धित उजुरी तथा सम्पूर्ण कागजात मगाउन आदेश दिएको हो। अदालतले विशेष सरकारी वकिलको कार्यालयमार्फत सरकारी साक्षीहरू अदालतमा उपस्थित गराउन निर्देशन दिएको छ। साथै, आरोपित पक्षलाई पनि आफ्ना साक्षी पेश गर्न आदेश दिइएको छ।