काठमाण्डुलाई ब्याटिङको निम्तो, पोखरा जित्नैपर्ने दबाबमा - farakdhar.com
Source: FRDH
त्रिवि क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजविरुद्ध टस जितेर बलिङ रोजेको छ । जारी लिगमा काठमाण्डुको यो अन्तिम खेल हो । ऊ आजको खेल जितेमा १० अंकका साथ सिधै प्लेअफमा प्रवेश गर्नेछ । त्यस्तै, सिजनको छैटौँ खेल खेलिरहेको पोखराका लागि पनि यो म्याच महत्वपूर्ण छ । आजको खेल गुमाए उसलाई प्लेअफमा पग्न कठिन हुनेछ ।