Redirecting...

निर्वाचनबाट किन्तु, परन्तु भनेर पन्छिने अवस्था छैन : रामप्रसाद भण्डारी - www.pardafas.com

निर्वाचनबाट किन्तु, परन्तु भनेर पन्छिने अवस्था छैन : रामप्रसाद भण्डारी - www.pardafas.com
Source: pfds

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबाट किन्तु परन्तु भनेर पछि हट्ने अवस्था नरहेको बताएका छन् । मंगलवार सरकारसँग निर्वाचन आयोगले गरेको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कसैको कारणले निर्वाचन बिथोलियो भनेर अरूलाई आक्षेप लगाएर मुक्त हुने अवस्था नरहेको भन्दै निर्वाचन गराउन सबै लाग्नुपर्ने बताए । आगामी फागुन २१ गतेका लागि सरकारले तोकेको निर्वाचन विकल्पविहीन निर्वाचन भएको दाबी गरे । हरेक क्षेत्र, तह र तप्काबाट गहन रूपमा लिएर निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको बताए । सामाजिक सञ्जाललाई कति हदसम्म प्रचारप्रसार गर्न दिने, नकारात्मक प्रचारप्रसार गर्दा कसरी नियन्त्रण गर्ने भन्ने बारेमा सरकारले सोच्न जरुरी रहेको बताए । एआई प्रविधिको दुरुपयोगबारे पनि सरकारले गहन रूपमा छलफल गर्न जरुरी रहेको बताए । उनले भने ‘सुरुमै हामीले सोसल मिडियालाई कति हदसम्म जान दिने र सोसल मिडियाले कतिसम्म प्रचार गर्न पाउने, सोसल मिडियाले कुनैपनि उम्मेदवारको विरुद्धमा कतिसम्म प्रचार गर्न दिने यदि त्यस्तो नकारात्मक प्रचारप्रसार गर्दा त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने लगायत बारेमा सरकारले सोच्न जरुरी छ । यो विषय अझ जटिल छ । अहिले एआई प्रविधि जुन आएको छ, झन् ठुलो जटिलता थपेको छ । यसलाई नियन्त्रण गर्ने उपाय त्यही किसिमको प्राविधिक व्यक्तिहरूलाई समेटेर अघि बढ्न नसके ती विषयहरू जटिल हुन्छन् । निर्वाचन आयोगले निर्वाचनमैत्री वातावरण सृष्टि गरेर निर्वाचनको वातावरण बनाउने हो । निर्वाचनका लागि निष्ठाका साथ प्रवेश गर्ने हो । कुनै पक्षबाट त्यसमा विरोधाभास आयो र विरुद्धमा कुनै प्रतिक्रिया भयो भने त्यसलाई नियन्त्रण गर्ने काम निर्वाचन आयोग, सरकार, राजनीतिक दल, मतदाता, नागरिक समाजका अगुवा सबैको भूमिका हुन्छ । निर्वाचनमा कुनै किन्तु, परन्तु भनेर पछि हट्यो भने मेरो होइन, उसको कारणले निर्वाचन बिथोलियो भनेर अरूलाई आक्षेप लगाएर मुक्त हुने अवस्था हुँदैन । यो गर्नैपर्ने विकल्पविहीन निर्वाचन हो । यसलाई हरेक क्षेत्र, तह र तप्काबाट गहन रूपमा लिनुपर्छ ।’ उनले मतदाता नामावली उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको र पुसको १५ गतेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने बताए । सबै राजनीतिक दलहरूसमेत प्रतिस्पर्धामा सहभागी हुनका लागि निर्वाचनको लक्षित दायरामा प्रवेश गरेर निर्वाचनमा जाने बताइसकेकाले निर्वाचनको वातावरण बनिसकेको बताए । मुलुक निर्वाचनमय भइसकेको दाबी गरे । समयमै निर्वाचन हुने र निर्वाचनको विकल्प नभएको बताए ।