Redirecting...

आयोगको दलहरूलाई अनुरोधः मतदाता नामावली दर्ताको प्रचार गरिदिनूस् - nepalnews.com

आयोगको दलहरूलाई अनुरोधः मतदाता नामावली दर्ताको प्रचार गरिदिनूस् - nepalnews.com
Source: NPNW

काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न पुनः अनुरोध गरेको छ। आयोगले २१ फागुनमा हुने निर्वाचनका लागि कार्तिक ३० सम्म नामावलीमा नाम दर्ता तथा अद्यावधी गर्न कोही छुटेको भए दर्ता कार्यमा सहभागि हुन अनुरोध गरेको छ। “हालसम्म पनि मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट हुनुभएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिकका लागि स्थानीय तहबाट प्रचार प्रसार र आवश्यक सहजीकरण गरिदिनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने गरी आयोगको मिति २०८२/०७/२० को बैठकबाट निर्णय भएको छ‚” आयोगले जारी गरेको विज्ञफ्तीमा लेखिएको छ। साथै आयोगले प्रचारप्रसार कार्यमा सहयोग गर्दिन राजनीतिक दल‚ सञ्चार माध्याम लगायत सम्बन्धीत निकायलाई अनुरोध गरेको छ। “मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट हुनुभएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता र विवरण अद्यावधिक गराउन आवश्यक प्रचारप्रसार गरिदिनुहुन सबै मतदाता, राजनीतिक दल, आमसञ्चार माध्यम लगायत निर्वाचन सरोकारवालाहरूलाई आयोग हार्दिक अनुरोध गर्दछ‚” आयोगको अनुरोध छ।