२ हरुवा झलनाथ खनाल र वामदेव गौतम चुनाव नलड्ने - bishwokhabar.com
Source: bsbk
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताद्वय झलनाथ खनाल र वामदेव गौतम फागुन २१ को प्रतिनिधिसभा चुनाव नलड्ने भएका छन् । इलाम–१ बाट लामो समयदेखि उम्मेदवार बन्दै आएका खनालले यसपटक युवालाई अवसर दिन आफू चुनावबाट अलग हुने निर्णय गरेको बताए । उमेर र अन्य कारणले उम्मेदवार नबन्ने निर्णय लिएको उनको भनाइ छ । इलाम–१ मा नेकपाले रणबहादुर राई र इलाम–२ मा ओमबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ । यसअघि २०७९ को निर्वाचनमा खनाल पराजित भएका थिए । त्यसैगरी वामदेव गौतम पनि यसपटक चुनाव नलड्ने भएका छन् । बर्दिया–१ मा विष्णुप्रसाद थारू, बर्दिया–२ मा सुरेश पन्त र प्यूठानमा कृष्णध्वज खड्कालाई उम्मेदवार बनाइएको छ । प्यूठानको उम्मेदवारीप्रति असन्तुष्टिका कारण गौतम चुनावबाट टाढिएको नेताहरूको भनाइ छ । उनी पनि पराजित हुन् ।