Redirecting...

प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने - bishwokhabar.com

प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने - bishwokhabar.com
Source: bsbk

काठमाडौं–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एबं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी एवं पार्टी सल्लाहकार सदस्य सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । सिता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्नका लागि गृह मन्त्रालयले सिफारिस गरेको गृह सचिव दिनेश भट्टराईले बताए । मन्त्रिपरिषद्को बैठक बस्न सकेमा बस्ने यदि बस्न सकेन भने पछि पारित गर्ने गरि राजकिय सम्मानसहित अन्तेष्टि गरिने उनले बताए । दाहालको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ । हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा.युवराज शर्माले जानकारी दिए । लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो ।