Redirecting...

हुम्ला-काठमाडौं बस सेवा सुरू हुँदै, कति लाग्छ भाडा ? - www.meroauto.com

हुम्ला-काठमाडौं बस सेवा सुरू हुँदै, कति लाग्छ भाडा ? - www.meroauto.com
Source: meau

काठमाडौं । कर्णाली प्रदेशको हुम्लादेखि काठमाडौंसम्म नियमित बस सेवा सुरू हुने भएको छ । हुम्ला हिल्सा यातायात प्रालिले पुस ३ गतेदेखि हुम्लाको सिमकोटबाट काठमाडौंसम्म बस सेवा संचालन गर्ने भएको हो । हुम्ला हिल्सा यातायात प्रालिका अध्यक्ष विशाल रोकायाले आजदेखि बस सेवा सुरू गर्ने भनिए पनि प्राविधिक कारणका कारण भोलिदेखि सुरू गर्न लागिएको बताए । उनका अनुसार सिमकोटबाट बिहान ९ बजे छुट्ने बस सार्केघाट, पिलीचौर, घाटाचौर, कालिकोट, दैलेख सुर्खेत हुँदै नेपालगंजसम्म आउने छ । नेपालगंजबाट यात्रुलाई अर्को बसमा चढाएर (मेल गरेर) काठमाडौं पठाइने उनले बताए । ‘भोलिदेखि सिमकोटबाट काठमाडौंसम्म नियमति बस सेवा सुरू गर्दैछौं । बस बिहान ९ बजे छुट्ने छ,’ उनले मेरोअटोसँग भने, ‘यद्यपि, सिमकोटबाट छुटेको बस सिधै काठमाडौं जाँदैन । नेपालगंजबाट ज्वाला यातायातको बसमा मेल गरेर पठाउँछौं ।’ उनले हाललाई सिमकोट-काठमाडौंको भाडादर ७ हजार ५०० रुपैयाँ तोकिएको बताए । हिल्सा यातायातले हुम्ला बाहेक मुगुबाट पनि काठमाडौंसम्म बस सेवा सुरू गरेको छ । प्रालिमा हाल १४ वटा बस आबद्ध रहेको अध्यक्ष रोकायाले जानकारी दिए । The post हुम्ला-काठमाडौं बस सेवा सुरू हुँदै, कति लाग्छ भाडा ? appeared first on Meroauto.