Redirecting...

लोकसेवा आयोगले माग्यो १ सय ७० कर्मचारी - arthasarokar.com

लोकसेवा आयोगले माग्यो १ सय ७० कर्मचारी - arthasarokar.com
Source: aths

काठमाडौँ । लोकसेवा आयोगले १ सय ७० जना कर्मचारी मागेको छ । आयोगले प्राविधिक र स्वास्थ्यतर्फ १ सय ७० जना कर्मचारी मागेको हो । गोरखापत्रमा सूचना प्रकाशित गर्दै आयोगले निजामतितर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरुका लागि आवेदन मागेको छ । आयोगले आह्वान गरेको पदका लागि मंसिर १६ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । आयोगका अनुसार आवेदन फारम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिन्छ । आवेदनको दस्तुर प्रत्येक विज्ञापनका लागि १ हजार २ सय र एकै पदका लागि समावेशीतर्फका थप विज्ञापनमा आवेदन दिन प्रत्येकका लागि ४ सय रुपैयाँ तोकिएको छ ।