Redirecting...

वेस्ट इण्डिजको अर्को हार - www.hamrokhelkud.com

वेस्ट इण्डिजको अर्को हार - www.hamrokhelkud.com
Source: hkhe

एजेन्सी – वेस्ट इण्डिजले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को हार बेहोरेको छ । पाकिस्तानसँगको टि ट्वान्टी आईमा विहीबार वेस्ट इण्डिज १४ रनले पराजित भएको छ । वेस्ट इण्डिजको यो लगातार नवौं हार हो। यसअघि वेस्ट इन्डिज अस्ट्रेलियासँग ३ टेस्ट र ५ टि ट्वान्टी आईमा पराजित भएको थियो । गत जुनमा आयरल्याण्डलाई पराजित गरे यता वेस्ट इण्डिज जितविहिन रहेको छ । अमेरिकाको फ्लोरिडामा भएको खेलमा पाकिस्तानले ३ टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता लिएको छ । जितका लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाउन सक्यो । वेस्ट इण्डिजका लागि ओपनरद्वय जोनसन चार्ल्स र जिवाल एन्ड्रुले समान रुपमा सर्वाधिक ३५ रन जोडे । जेसन होल्डर १२ बलमा ४ छक्काका सहित ३० रनमा अविजित रहे । शमार जोसेफ २१ रनमा अविजित रहँदा रोमारियो शेफर्ड १२ तथा शेरफान रदरफर्ड ११ रनमा आउट भए । पाकिस्तानका मोहम्मद नवाजले ३, सायम आयुबले २ तथा शाहिन शाह अफ्रिदी र सफियान मुकिमले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रनको योगफल तयार गरेको थियो । पाकिस्तानका लागि ओपजर सायम आयुबले ३८ बलमा ५ चौका र २ छक्का सहित ५७ रनको अर्धशतकीय इनिङ खेलेका थिए । फखर जमान २४ बलमा २८, हसन नवाज २४, फहिम असरफ १५ तथा सहिबाजदा फर्हान १४ रनमा आउट भए । वेस्ट इण्डिजका शमार जोसेफले ३ विकेट तथा जेसन होल्डर, अकिल होसेन र रोमारियो शेफर्डले समान १-१ विकेट लिए । दुई देशबिचको दोस्रो टि-ट्वान्टी आई आइतवार बिहान हुनेछ ।The post वेस्ट इण्डिजको अर्को हार first appeared on हाम्रो खेलकुद.