Redirecting...

बहुविवाह मुद्दाका दोषी पासाङ शेर्पाको एमाले केन्द्रीय सदस्य उम्मेदवारी खारेज - www.pardafas.com

बहुविवाह मुद्दाका दोषी पासाङ शेर्पाको एमाले केन्द्रीय सदस्य उम्मेदवारी खारेज - www.pardafas.com
Source: pfds

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पूर्व केन्द्रीय सदस्य पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । पार्टीको निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै उनको उम्मेदवारी रद्द गरेको हो । शेर्पा बहुविवाह मुद्दामा दोषी ठहरिएका व्यक्ति हुन् । अदालतले उनलाई एक वर्ष कैद र ५ हजार जरिवानाको सजाय सुनाएको थियो । प्रहरीले उनलाई गत कात्तिक १८ गते पक्राउ गरेको थियो । कैद सजायको बदलामा दिनको ३०० रुपैयाँका दरले कुल एक लाख ९ हजार ५ सय रुपैयाँ बुझाएपछि उनी छुटेका थिए । शेर्पा एमालेको १०औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । यसपटक पनि उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए तर पार्टी मापदण्डका कारण उम्मेदवारी खारेज भएको छ । एमाले महाधिवेशनको केन्द्रीय सदस्य निर्वाचन प्रक्रिया भृकुटीमण्डपमा जारी छ ।