Redirecting...

किक बक्सिङ सेमिनार सुरु - nagariknews.nagariknetwork.com

किक बक्सिङ सेमिनार सुरु - nagariknews.nagariknetwork.com
Source: ngrk

विश्व फुल कन्ट्याक्ट किक बक्सिङ संगठन (डब्लुकेएफओ) द्वारा आयोजना गरिएको बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनारको उद्घाटन भएको छ।बुढानीलकण्ठमा शुक्रबार भएको एक कार्यक्रमका बीच पूर्व युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र बेकले संयुक्त रूपमा उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा डब्लुकेएफओका अन्तर्राष्ट्रिय अध्यक्ष ब्रायन डब्लु बेक, डब्लुकेएफओ नेपालका महासचिव, चिफ रेफ्री तथा एसियाली किक बक्सिङकी स्वर्ण विजेता बिन्दा नेपाली उपस्थित थिए।उक्त प्रशिक्षणमा प्रशिक्षक, रेफ्री तथा विभिन्न डोजोबाट खेलाडीहरू सहभागी छन्। यस सेमिनारले नेपालको किक बक्सिङ खेलको गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने संघले जनाएको छ। उक्त सेमिनारमा प्राविधिक सिपको आदानप्रदान, अन्तर्राष्ट्रिय नियमहरूको अध्ययन र प्रशिक्षकहरूको क्षमतावृद्धिलगायत विषय केन्द्रित प्रशिक्षण हुनेछ।सो अवसरमा डब्लुकेएफओ अध्यक्ष बेकले नेपालमा किक बक्सिङप्रतिको लगाव र समर्पण अद्भुत रहेको बताए। यो सेमिनारले नेपालको किकबक्सिङ प्रतिभालाई विश्व मञ्चमा पुर्‍याउने उनको विश्वास छ। कार्यक्रम समापनसम्म बेल्ट परीक्षण, रेफ्री तालिम र प्रशिक्षक स्तरको सेसनहरू सञ्चालन हुँदै छन्।शनिबारदेखि सुरु हुने चारदिने कार्यक्रममा बेल्ट ग्रेडिङ, रेफ्री प्रशिक्षण तथा प्रशिक्षक तालिम सेमिनार हुनेछन्। कार्यक्रममा सहभागी खेलाडीहरूलाई ग्रेडिङ परीक्षामार्पmत प्राविधिक तथा शारीरिक क्षमताको मूल्यांकन गरिने भएको छ। रेफ्रीहरूले भने प्रतिस्पर्धा सञ्चालन, निर्णय प्रक्रिया र खेल नियमसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक तालिम प्रदान गरिने संघले जनाएको छ।साथै प्रशिक्षकहरूलाई प्रशिक्षण रणनीति, शारीरिक तालिम विधि र अनुशासन व्यवस्थापनसम्बन्धी विशेष प्रशिक्षण दिइने भएको छ। डब्लुकेएफओका अनुभवी अन्तर्राष्ट्रिय प्रशिक्षकहरूको सहकार्यमा हुने यस सेमिनारले नेपालभित्र किक बक्सिङ खेलको प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास संघले लिएको छ।