Redirecting...

बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक - www.technologykhabar.com

बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक - www.technologykhabar.com
Source: tckb

अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा राइडरहरू, इन्फ्लुएन्सरहरू, सञ्चारकर्मीहरू तथा विशिष्ट अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा अपग्रेडेड डोमिनार ४०० लाई आधिकारिक रूपमा सार्वजनिक गर्दै यसको नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा मनाङ एक्सप्लोरर राइड प्रिमियर गरिएको थियो, जसले डोमिनार ४०० को लामो दूरीको क्षमता तथा कठिन भूगोलमा उत्कृष्ट प्रदर्शन क्षमतालाई प्रस्तुत गर्‍यो। उपस्थित दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो। कम्पनीका अनुसार अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० मा डट म्याट्रिक्स डिस्प्लेसहितको डिजिटल कन्ट्रोल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र टर्न बाइ टर्न नेभिगेसन, राइड बाइ वायरसहित चार राइड मोड, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल लेभरहरू, तथा हजार्ड लाइट प्रणाली जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ, जसले सुरक्षा र राइडिङ अनुभवलाई थप उत्कृष्ट बनाएको छ। उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियासहित लन्च कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ, जसले आधुनिक प्रविधिसहित प्रदर्शन–केन्द्रित बाइक प्रदान गर्ने बजाजको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। सार्वजनिकरण पश्चात ग्राहकहरूले फागुन ४ देखि ८ सम्म आयोजना हुने टेस्ट राइड मार्फत बाइकलाई नजिकबाट अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ। The post बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक appeared first on Technology Khabar.