दलको नेतृत्व लिएपछि कुनैपनि गुट बनाउन लाग्नु हुँदैनः मन्त्री पौडेल - ehimalayatimes.com
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले दलको नेतृत्व लिएपछि कुनैपनि गुट बनाउन लाग्न नहुने बताउनुभएको छ । शनिवार काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीका नेतृत्व लिएपछि कुनै एउटा गुट खडा गरेर आफ्नो गुटलाई मात्रै माया गर्ने कुरा राम्रो नहुने बताउनु भयो । उहाँले पार्टीको नेता भइसकेपछि सबै सदस्यहरुलाई समान व्यवहार गर्न सक्नुपर्ने बताउनु भयो । राजनीति कुनै स्वार्थ त्यागेर र समर्पण गरेर मात्रै गर्न सकिने बताउनु भयो । स्वार्थबाट राजनीतिमा लागेको मानिसलाई राजनीतिक व्यक्तित्व भन्न नमिल्ने बताउनु भयो । मन्त्री पौडेलले भन्नुभयो, ‘पार्टीको नेतृत्व लिएपछि त्यहाँभित्र गुट छ, गुटको सिमित मानिसहरुलाई माया गर्ने, नेतृत्व भनेको त अभियानको नेता हो नि त । त्यो अभियानलाई पूरा गर्न स्वार्थ त्यागेर सँगसँगै हिँडेको मानिस हो नि त । राजनीतिक परिभाषाले भन्दा स्वार्थले राजनीतिमा लागेको छ भन्दा राजनीतिको परिभाषाअनुसार उसले राजनीति गरेको मानिनु हुँदैन । हाम्रो नेतृत्व वा हाम्रो व्यवहारगत पक्षबाट निकै ठूलो त्रुटी छ ।’ मन्त्री पौडेलले परिवर्तनका निम्ति जोखिम मोल्न सक्नुपर्ने बताउनु भयो ।