ला लिगा: आलाभेसमाथि रियल मड्रिडकाे जित - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड विजयी भएको छ । रियलले आलाभेसलाई २–१ गोल अन्तरले पराजित गरेको हो । रियलका लागि पहिलो हाफको २४ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । पहिलो हाफमा १–० ले अग्रता लिएको रियलले थप गोल दोस्रो हाफमा गरेको हो खेलको ६८ औं मिनेटमा अलाभेसका लागि कार्लोस भिसेन्तेले गोल गर्दै बराबरीमा फर्काएको खेलमामा रियलका लागि निर्णायक गोल रोड्रिगोले ७६ औं मिनेटमा गर्नुभएको हो । रोड्रिगोको निर्णायक गोलसँगै रियलले २–१ को जित दर्ता गरेको हो ।