सिंहदरबारमा सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता सुरु, के होला मंसिर ७ गतेको आन्दोलन ? - arthasarokar.com
Source: aths
काठमाडौँ । सरकार र दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा छलफल सुरु भएको छ । बुधबार बिहान गृह मन्त्रालयमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईंको समूहबीच छलफल सुरु भएको हो । सरकारसँगको वार्तामा प्रसाईं भने सहभागी छैनन् । तर, प्रसाईंको समूहबाट सङ्गठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमाझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा, देवीप्रसाद संग्रौला लगायत वार्तामा उपस्थित छन् । प्रसाईंले मंसिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली काँग्रेस विपीसँग पनि सहकार्य गरेका छन् । सरकारसँगको वार्ता मुख्यतः सोही आन्दोलनमा केन्द्रित रहने बताइएको छ ।