पाँचौं टेस्ट रोमाञ्चक मोडमा, भारत र इङल्याण्ड दुवैलाई जितको अवसर - corporatekhabar.com
काठमाडौँ । इङल्याण्डले जारी पाँचौं टेस्टमा भारतले दिएको ३७४ रनको लक्ष्य पछ्याउने क्रममा एक विकेट गुमाएको छ । तेस्रो दिनको खेल सकिदा इङल्याण्डले एक विकेट गुमाएर ५० रन बनाएको हो । अब इङल्याण्डलाई जितका लागि थप ३२४ रन आवश्यक छ भने भारतलाई जितका लागि ८ विकेट आवश्यक रहेको छ । यस खेलमा इङल्याण्डक क्रिस वोक्स खेल्न नसक्ने भएकाले भारतले कुल ९ विकेट लिए मात्र खेल जित्ने छ । इङल्याण्डका ज्याक क्रवली १४ रन बनाएर आउट भए भने बेन डकेट ३४ रन बनाएर खेलिरहेका छन् । भारतका लागि एक विकेट मोहमद सिराजले लिएका छन् । यस अघि भारतले दोस्रो इनिंगमा ३९६ रन बनाएर अल आउट भएसँगै इङल्याण्डमाथि ३७३ रनको अग्रता लिएको थियो । भारतका लागि यसस्वी जयसवालले ११८ रन बनाए भने आकास दीपले ६६, रविन्द्र जडेजा र वाशिंटन सुन्दरले ५३-५३ रन र ध्रुव जुरेलले ३४ रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलर जोश टंगले ५ विकेट लिए भने गस अटकिन्सनले ३ र जामी ओभरटनले २ विकेट लिए । यस अघि भारतले पहिलो इनिंगमा २२४ रन बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा २४७ रन बनाएको थियो । ५ खेलको सिरिजमा हाल इङल्याण्ड २-१ ले अगाडी रहेको छ । The post पाँचौं टेस्ट रोमाञ्चक मोडमा, भारत र इङल्याण्ड दुवैलाई जितको अवसर appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.