मधेशमा वर्षा : धानको रोपो जाग्ने किसानको आश - ujyaaloonline.com
Source: unn
काठमाण्डौ – सुक्खाग्रस्त मधेशसहित तराई क्षेत्रमा भएको पछिल्लो वर्षाले किसानलाई केही राहत भएको छ । लामो समयदेखिको खडेरीले आहत तराई/मधेश क्षेत्रमा गएराति हल्कादेखि मध्यम र कतैकतै ठूलो पानी परेपछि केही राहत भएको हो । किसानमा धानको रोपो जाग्ने आश जागेको छ । ‘अबचाहिँ रोपो मर्दैन कि, रोपिएको खेतमा यसअघि परेको चिरा पुरिएका छन्, रोपो पनि फेरिएको छ’, महोत्तरीको भङ्गाहा–३ कटैयाका किसान विजय यादवले भन्नुभयो, ‘पछिल्ला दिनको वर्षाले रोपोलाई केही राहत मिल्यो ।’ यसअघि इनार, बोरिङ्ग स्य...