Redirecting...

निर्वाचन आयोगसँग बिच्किए दलहरू, स्वमूल्यांकन कार्यविधिमा जनाए कडा आपत्ति - janatatimes.com

निर्वाचन आयोगसँग बिच्किए दलहरू, स्वमूल्यांकन कार्यविधिमा जनाए कडा आपत्ति - janatatimes.com
Source: jant

काठमाडौं, साउन २२ । राजनीतिक दलहरूमाथि लगाम लगाउने नियतका निर्वाचन आयोग अघि बढेपछि सत्तारुढसहित सवै दलहरु बिच्किएका छन । आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ मा सत्तारूढसहित सवैजसो दलहरूले आपत्ति जनाएका हुन । आयोगको सो प्रावधानप्रति नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादीसहितका दलहरूले कडा आपत्ति जनाएका हुन । एमालेले स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न नमिल्ने प्रष्ट पारेको छ । आयोगले राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ माथि सुझाव दिन दल तथा सरोकारवालाहरूलाई आग्रह गरेको थियो । ‘स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक मामिला हो। नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनीतिक दलसम्बन्धी व्यवस्था छ । राजनीतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षाबमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्याङ्कन जनताले जनादेशमार्फत गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो,’ एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले भन्नुभयो । उहाँले आयोगले दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नमिल्ने बताउनु भयो । सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्यांकन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति एमालेको अहसमति रहेको आचार्यको भनाई छ । यसअघि नै प्रतिपक्षी दलहरूले निर्वाचन आयोगले ल्याएको कार्यविधिको विरोध जनाइसकेका छन । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बुधबार सिंहदरबारमा बसेको माओवादी, रास्वपा, राप्रपा, जनमतलगायत दलहरूको संयुक्त बैठकले कार्यविधिको विरोध गरेको हो ।