Redirecting...

एनपिएल: सुदूरपश्चिमलाई निरीह बनाउँदै लुम्बिनी लायन्स च्याम्पियन - nagariknews.nagariknetwork.com

एनपिएल: सुदूरपश्चिमलाई निरीह बनाउँदै लुम्बिनी लायन्स च्याम्पियन - nagariknews.nagariknetwork.com
Source: ngrk

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ।शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एकतर्फी फाइनल भिडन्तमा लिग चरणको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले ट्रफी उचालेको हो।सुदूरपश्चिमले प्रस्तुत गरेको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले मात्र ९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै लुम्बिनीले ६६ बल बाँकी छँदै खेल आफ्नो पक्षमा पार्दै सानदार शैलीमा उपाधिमाथि कब्जा जमायो।लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गर्दै टोलीलाई पावरप्लेमै जितको आधार तय गरिदिएका थिए।अधिकारीले मात्र १३ बलमा ५ छक्का र १ चौकाको मद्दतले ४२ रनको योगदान दिए। उनले इनिङको पहिलो ओभरमै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ४ छक्का प्रहार गरेका थिए।अर्का ओपनर डार्सी सर्टले १४ रन बनाए। टोलीलाई जितसम्म डोर्याउन कप्तान रोहित पौडेलले अविजित १६ रन र निरोशन डिकवेलाले अविजित ११ रन बनाए।सुदूरपश्चिमका बलर हेमन्त धामीले २ विकेट लिए भने अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे।रोहितको ह्याट्रिकमा सुदूरपश्चिम ध्वस्तयसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स लुम्बिनीका बलरसामु निरीह साबित भयो। पूरा २० ओभर खेल्न नसक्दा टोली १९.१ ओभरमा ८५ रनमै अलआउट भयो।सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पार्न लुम्बिनीका कप्तान रोहित पौडेलले कीर्तिमानी बलिङ गरे। उनले खेलको ११ औँ ओभरमा ह्याट्रिक विकेट लिए।रोहितले दीपेन्द्रसिंह ऐरी (१३), दीपक बोहरा (०) र पुनित मेहरा (०) लाई लगातार तीन बलमा आउट गराएका थिए। रोहितले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए।त्यस्तै, इनिङको सुरुवातमै सुदूरपश्चिमलाई दबाबमा राख्न सफल रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए। शेर मल्लले पनि ४ ओभरमा १८ रन दिएर ३ विकेट हात पारे।सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले एक छेउबाट इनिङ सम्हाल्ने प्रयास गर्दै ५१ बलमा ३३ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्। हरमित सिंह र स्कट कुगेलेइनले समान १०–१० रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।लिग चरणमा ७ खेलमध्ये ४ जित र ३ हारसहित ८ अंक जोडेर चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको लुम्बिनी लायन्सले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्‍यो।उता लिग चरणमा ६ जितसहित १२ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स भने फाइनलमा ब्याटिङमा चुकेपछि पहिलो सिजन सरह उपविजेतामा सीमित हुन पुग्यो।