Redirecting...

आजदेखि नेपाल स्कुल फुटबल लिग - ehimalayatimes.com

आजदेखि नेपाल स्कुल फुटबल लिग - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । थण्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टिडिसी)को आयोजनामा आज (शनिबार)देखि नेपाल स्कुल फुटबल लिग सञ्चालन हुनेभएको छ । विद्यालय तहमा नियमित अन्तरविद्यालय प्रतियोगिता नहुँदा खेलाडीहरू अवसरबाट वञ्चित भइरहेको अवस्थामा यो लिग सुरु गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं उपत्यकाका आठ विद्यालयका यु-१८ टोलीको सहभागिता रहनेछ । लिग राउण्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ, जसअनुसार सबै टोलीले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि शीर्ष चार टोलीले प्लेअफ चरण खेल्नेछन् । प्रतिस्पर्धामा सहभागी हुने विद्यालयहरूमा जेम्स स्कुल (जेम्स थण्डरबोल्ट्स), डिएभी स्कुल (सुपर डाफेज), कान्जिरोवा वल्र्ड स्कुल (केडब्लुएस लुखुग एफसी), कान्जिरोवा स्कुल (एफसी माउण्ट कान्जिरोवा), लिटिल एञ्जल्स स्कुल (एलए), रातो बंगला स्कुल (रेड पाण्डाज), चेल्सी वल्र्ड स्कुल (चेल्सी फाल्कन्स) र युलेन्स स्कुल (युलेन्स प्यान्थर) छन् । प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । नगद पुरस्कारसँगै उत्कृष्ट खेलाडीहरूलाई छात्रवृत्ति तथा अन्य अवसरहरू पनि प्रदान गरिने आयोजकले जनाएको छ । विद्यालयस्तरमै अनुशासन, प्रतिस्पर्धा र प्रतिभाको समन्वयमार्फत् गुणस्तरीय खेल वातावरण निर्माण गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताइएको छ ।