Redirecting...

नुबिया फोल्ड स्न्यापड्रागन ८ एलिटको साथ आधिकारिक रूपमा सार्वजनिक - www.technologykhabar.com

नुबिया फोल्ड स्न्यापड्रागन ८ एलिटको साथ आधिकारिक रूपमा सार्वजनिक - www.technologykhabar.com
Source: tckb

गत हप्ता केही रेन्डरहरू देखिएको नुबिया फोल्ड अब नुबिया फ्लिप३ क्ल्यामशेल सँगसँगै ब्रान्डको पहिलो पुस्तक–शैली फोल्डेबलको रुपमा सार्वजनिक गरिएको छ। जापानी टेलिकम वाई!मोबाइलले अब मुख्य स्पेसिफिकेसनहरू र मूल्य निर्धारण सहित नुबिया फोल्डलाई आफ्नो वेबसाइटमा सूचीबद्ध गरेको छ। नुबिया फोल्डमा २,४८० × २,२००पिक्सेल रिजोल्युसन भएको ८ इन्चको मुख्य डिस्प्ले र २,७४८ × १,१७२पिक्सेल रिजोल्युसन भएको ६.५ इन्चको कभर स्क्रिन रहेको छ। दुबै प्यानलहरूले १२०हर्ज रिफ्रेस रेट प्रदान गर्दछ भने मुख्य प्यानलले निश्चित एपहरूको लागि स्प्लिट भ्यू मोडहरूलाई समर्थन गर्दछ। डिभाइस अनफोल्ड गरिएको अवस्थामा १४४ × १६० × ५.४एमएम मापन गर्दछ भने फोल्ड गरिएको अवस्थामा ११.१एमएम मोटाईमा हुने र तौल २४९ ग्राम रहेको उल्लेख गरिएको छ। नुबिया फोल्डले गत वर्षको फ्ल्यागशिप क्वालकम स्न्यापड्रागन ८ एलिटसँग १२जीबी र्याम र २६५जीबी स्टोरेज प्रयोग गरेको छ। सफ्टवेयर पक्षमा एन्ड्रोइड १५ द्वारा कभर गरिएको छ भने धुलो र पानी विरुद्ध आईपी५४ सुरक्षा पनि प्राप्त गरिने बताइएको छ। नुबिया फ्लिप३ क्ल्यामशेलको पछाडि ५० मेगापिक्सेलको मुख्य क्यामर, ५० मेगापिक्सेलको अल्ट्रावाइड लेन्स र ५ मेगापिक्सेलको म्याक्रो क्यामरा रहेको छ। साथै डिभाइसको मुख्य डिस्प्लेमा र दोस्रो कभर स्क्रिनमा गरी दुईओटा २० मेगापिक्सेलको सेल्फी क्यामहरू पनि राखिएको छ। नुबिया फोल्डमा ५५वाट चार्जिङको साथ ६,५६०एमएएच ब्याट्री रहेको छ।नुबिया फोल्ड कालो रङ्गमा मात्र उपलब्ध हुनेछ र १७८,५६० जापानी येन (१,१४५ अमेरिकी डलर) मा खुद्रा बिक्री गरिने बताइएको छ। यो डिभाइस डिसेम्बर ४ मा जापानमा लन्च हुनेछ भने २०२६ मा थप बजारहरूमा पनि पुग्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ। The post नुबिया फोल्ड स्न्यापड्रागन ८ एलिटको साथ आधिकारिक रूपमा सार्वजनिक appeared first on Technology Khabar.