Redirecting...

वर्षाका कारण हिलो र चिप्लो हुँदा बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध - bishwokhabar.com

वर्षाका कारण हिलो र चिप्लो हुँदा बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध - bishwokhabar.com
Source: bsbk

काठमाडौं- बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड चिप्लो हुँदा सडक अवरुद्ध भएको हो। दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी सडकमा फसेकाले सडक एकतर्फी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ। आज बिहान परेको वर्षाले सडक हिलो र चिप्लो हुँदा उकालोमा गाडी पास हुन नसक्दा सवारीको जाम लागेको छ। -रासस