प्रसाईंका माग पूरा गर्न सरकारले बनायो समिति - arthasarokar.com
Source: aths
काठमाडौँ । सरकारले दुर्गा प्रसाईंका माग सम्बोधन गर्न समिति बनाएको छ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका माग सम्बोधन सरकारले आन्तरिक तथा समस्या समाधान समिति गठन गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा प्रधानमन्त्रीका सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहका गोविन्द नारायण तिमिल्सिना सदस्य रहने बताइएको छ । सरकारले गठन गरेको समितिसँग वार्ता गर्न महाअभियानबाट पनि ३ जना प्रतिनिधि सिफारिस गरेर पठाउन आग्रह गरिएको छ । यसअघि प्रधानमन्त्री सुशीला कार्की र प्रसाईंसहित महाअभियानका पदाधिकारीबीच मंसिर २२ गते वार्ता भएको थियो । सो वार्तामा अर्को वार्ता पुस २ गते बस्ने सहमति भएको थियो ।