सिन्धुलीमा रुख लडेर किच्दा दुई जनाको मृत्यु, तीन घाइते - ehimalayatimes.com
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार दिउँसो अविरल वर्षासँगै आएको पहिरोले सालको रुख ढलेर स्थानीय टहरामा ओत लागेर बसेको अवस्था रुखले किच्दा सो दुर्घटना भएको हो । घटनामा दुई ज्यान गएको र अन्य तीन घाइते जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरLक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँकाअनुसार मृत्यु हुनेमा ९ वर्षीय सार्की थिङ र १६ वर्षीय सन्ता गोले रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । घाइते हुनेमा १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन, र ७ वर्षीय सुशील थिङ रहेका छन् । उनीहरुलाई स्थानीयबासी र प्रहरी टोलीले घटनास्थलबाट उद्धार उपचारका लागि हेटौडा अस्पतालतर्फ पठाएको छ । प्राकृतिक विपद्को जोखिमयुक्त क्षेत्रमा बालबालिका र सर्वसाधारणको सुरक्षाका लागि तत्काल आवश्यक कदम चाल्न स्थानीय सरकार र सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन् ।