ओखलढुंगा र धनकुटामा एमाले प्रतिनिधि छनोट विवाद, केन्द्रीय आदेशको विरोध - farakdhar.com
Source: FRDH
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा कोशी प्रदेशका पहाडी जिल्ला ओखलढुंगा र धनकुटा पनि विवादको चपेटामा परेका छन् । महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया विवादित बनेपछि केन्द्रीय नेतृत्वले दुवै जिल्लाको चयन रद्द गरेपछि ओखलढुंगामा खुला असन्तुष्टिको स्वर उग्र बनेको हो । धनकुटामा निर्णय प्रक्रियामै अनिश्चितता गहिरिएको छ । पूर्वप्रदेशमन्त्री अमिरबाबु गुरुङ नेतृत्वको समूहमाथि केन्द्रले प्रश्न उठाएपछि ओखलढुंगामा आन्तरिक द्वन्द्व खुला रूपमै सतहमा आएको छ । सर्वसम्मत भन्दै पठाइएका १२ प्रत...