जयवागेश्वरीमा वडाध्यक्ष तेक्वान्दो शनिबार - ehimalayatimes.com
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ८ को सहयोग तथा श्री पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा वडाध्यक्ष तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ । विभिन्न १३ स्पर्धा समावेश प्रतियोगितामा २१० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक वडा ८ का अध्यक्ष आशामान संगतले जानकारी दिनुभयो । क्योरुगी जुनियर पुरुषमा ४५ केजीमुनि, ४८ केजीमुनि र ५१ केजीमुनि तथा महिलामा ४२ केजीमुनि र ४६ केजीमुनि तथा सिनियर पुरुषमा ५४ केजीमुनि, ५८ केजीमुनि, ६३ केजीमुनि र ६८ केजीमुनि तौल समूहमा खेल हुनेछ । महिलातर्फ ४६ केजीमुनि, ४९ केजीमुनि, ५३ केजीमुनि र ५७ केजीमुनि तौल समूहमा भिडन्त हुने प्रतियोगिता सह-संयोजक एवं आयोजक डोजाङका अध्यक्ष सुरेन्द्र डंगोलले बताउनुभयो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः चार हजार, तीन हजार र दुई हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । आयोजकका अुनसार विश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियमअनुसार सञ्चालन हुने प्रतियोगिताको अनुमानित बजेट पाँच लाख ८७ हजार रुपैयाँ रहेको छ । एकदिने प्रतियोगिताका खेल जयवागेश्वरीस्थित गोल्डेन दरबार बैंक्वेटमा खेलाइनेछ ।