Redirecting...

जन्मदिनमा ‘न्यानोकाख’का बालबालिकालाई खाद्यान्न सहयोग - ehimalayatimes.com

जन्मदिनमा ‘न्यानोकाख’का बालबालिकालाई खाद्यान्न सहयोग - ehimalayatimes.com
Source: hmlt

कालीकोट । सामान्यतया सहर होस् या गाउँघर होस् आफ्नो जन्मदिन मनाउँदा विशेष गरि केक काटेर साथीभाइसँग रमाइलो गर्ने र भोज गर्ने चलन छ । तर, कालीकोटका एक युवा व्यावसायि पवन बमले भने आफ्नो जन्मदिन न्यानोकाख सेवा समाजका बालबालिकाहरुसँग मनाउनु भएको छ । बमले शुक्रबार आफ्नो जन्मदिनको अवसरमा कालीकोटको सदरमुकाम मान्ममा रहेको न्यानो काख सेवा समाजमा रहेका असहाय बालबालिकाहरूलाई चामल, दाल, तरकारी, तेल लगायतका खाद्यान्न सामग्री सहयोग गर्दै जन्मदिन मनाउनु भएको हो । सहयोगी भावना राख्दै जन्मदिनमा हुने फजुल खर्च कटौती गरेर बमले न्यानो काखमा रहेका बालबालिकाहरुका लागि १२ हजार ३ सय रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको बमले हिमालय टाइम्ससँगसँग बताउनुभयो । जन्मदिन मनाउँदा केक काट्ने भन्दा पनि सहयोग गरेर मनाउन सके त्यो दिन सार्थक हुन्छ, ुबमले भन्नुभयो, सानो सहयोगले नै कसैको मुहारमा खुशी देख्न पाइन्छ भने त्यो भन्दा धेरै खुसी र ठुलो उपहार अरु केही हुन नसक्ने उहँको भनाइ थियो । खाद्यान्न सामग्री पाएपछि बालबालिका खुसि भएका छन् । न्यानो काखमा अहिले १३ जना बालबालिका आवासीय सुविधासहित स्थानीय बोर्डिङ स्कुलमा अध्ययन गर्दै आएका छन् ।