सन् २०२५ मा प्राकृतिक प्रकोपले मानव जीवन र अर्थतन्त्र नराम्रोसँग प्रभावित - farakdhar.com
Source: FRDH
विश्वव्यापी वातावरणीय प्रणालीमा भइरहेका परिवर्तनले सन् २०२५ मा बाढी, खडेरी र अत्यधिक तापक्रमलाई तीव्र बनाउँदै हजारौँ मानिसको ज्यान गएको र सयौँ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको एक नयाँ प्रतिवेदनले जनाएको छ । अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) को नेतृत्वमा तयार गरिएको सन् २०२५ ग्लोबल वाटर मोनिटर प्रतिवेदन अनुसार निरन्तर तापवृद्धिले वातावरण, जमिन र महासागरबीच ठूलो परिवर्तन ल्याएको छ । यसले समाजमा गम्भीर असर पारेको एएनयूको समाचार विज्ञप्तिमा उल्लेख छ । प्रतिवेदनका अनुसार सन् २०२५ मा पानीसँग सम्बन्धित प्राकृतिक विपत्त...