घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार? - www.onlinepana.com
Source: onpa
काठमाडौं । आइतबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ सयले घटेकाे छ । आज सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदी तोलामा ५० रुपैयाँले चाँदी बढेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ५५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको छ । The post घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार? appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).