प्रधानमन्त्री कार्कीले बोलाइन् सर्वपक्षीय बैठक, के होला छलफल ? - farakdhar.com
Source: FRDH
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार अपरान्ह ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छन् । आगामी २१ फागुनको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि ...