भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपालको क्षतिबारे दुःख व्यक्त, भने-‘जुनसुकै सहयोग गर्न तयार छौँ’ - www.pardafas.com
Source: pfds
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शुक्रबार र शनिबार परेको अविरल वर्षापछि भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत मोदीले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको भन्दै कुनै पनि सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको पनि बताएका छन् । उनले भनेका छन्, ‘एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ ।’ उनले नेपाली जनता र सरकारको साथमा भारत रहेको पनि बताएका छन् । ‘हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौँ,’ उनले भनेका छन् । वर्षापछि आएको बाढी र पहिरोका कारण अहिलेसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् । देशभरका राजमार्ग अवरुद्ध हुने गरी भएको वर्षा आज भने केही रोकिएको छ ।