कांग्रेसमा विवाद : विशेष महाधिवेशन मुद्दामा एक्लिँदै विश्वप्रकाश र गगन - farakdhar.com
Source: FRDH
आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्व परिवर्तन गरेर जानुपर्ने अडानमा रहेका कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा पछिल्लो समय एक्लिन थालेका छन् । सम्भव भए नियमित महाधिवेशन र त्याे सम्भव नभए विशेष महाधिवेशन गरेर भएपनि नयाँ सभापतिकाे नेतृत्वमा चुनावमा जानुपर्ने पक्षमा रहेका शर्मा र थापालाई पछिल्लो समय उनीहरू पक्षकै नेताहरूले साथ छाडेपछि एक्लिन थालेका हुन् । यही पुस २७ देखि २९ गतेसम्म गर्ने भनिएको कांग्रेस १५ औँ महाधिवेशन उक्त मितिमा गर्न असम्भव देखिएपछि १८ पुसमा बसेका...