Redirecting...

मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने - ehimalayatimes.com

मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने - ehimalayatimes.com
Source: hmlt

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने हुनु भएकाे छ। मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले शुक्रबार विश्वासको मत लिने निर्णय गर्नुभएको हो। विश्वासको मत लिन ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तारसमेत हुन सकेको छैन। कांग्रेसका मधेश प्रदेश संसदीय दलका नेता समेत रहनुभएका यादव मङ्सिर १९ गते एमालेबाहेकका सात दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। उहाँले मङ्सिर २१ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो। विश्वासको मत प्राप्त भएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताइएको छ।